सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

अदालतले यही कात्तिक ६ गतेदेखि लागू हुने गरी म्याद थप गरेको हो । अदालतले लामिछानेलाई हिरासतमा राख्नका अनुमति दिएको यो चौथो पटक हो ।

प्रहरीले लामिछानेविरुद्धको अनुसन्धान सकेर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेस गरेको छ । तिहार पर्वको बिदा परेका कारण अदालतमा मुद्दा दर्ता भने भएको छैन ।
लामिछानेलाई नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले गत असोज २० गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?