सर्वोच्चको फैसलाः लोकसेवालाई परीक्षा लिने बाटो खुल्यो

Read Time = 1 min

काठमाडौं । सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी फैसला सुनाए पछि लोकसेवा आयोगलाई परीक्षा लिने बाटो खुलेको छ।

कर्मचारी समायोजनविरूद्ध दर्ता भएका ९९ रिटमा संवैधानिक इजलासले फैसला सुनाए पछि लोकसेवा आयोगलाई परीक्षा लिने र कर्मचारी समायोजनको बाटो खुलेको हो ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले लोक सेवासँग सम्बन्धित मुद्दा खारेज गरिदिएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडलका अनुसार लोकसेवा आयोगको परीक्षा रोक्नू भनी जति पनि रिट निवेदन दर्ता भएका थिए, ती सबै खारेज हुने आदेश भएको छ । उहाँका अनुसार सर्वोच्चको आदेशसँगै लोकसेवा आयोगलाई यसअघि रोकिएका सबै विज्ञापनको प्रक्रिया अघि बढाउने बाटो खुलेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?