पूर्व मुख्यमन्त्री शाहीको प्रतिबद्धताः एक वर्षभित्रै विमानस्थल सञ्चालनदेखि केबलकार निर्माणसम्म

हिमालय टाइम्स
Read Time = 3 mins

-मानबहादुर बिश्वकर्मा

कालीकोट । कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आगामी मंसिर ४ गने हुने प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । पूर्व मुख्यमन्त्री शाहीले कालीकोटको विकासका लागि पाँच वर्षे मार्गचित्र भनेर प्रतिबद्धताहरू सार्वजनिक गर्नु भएको हो ।

कालीकोटबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार शाहीले निर्वाचित भएको पहिलो वर्षमै सुनथराली विमानस्थल सञ्चालनमा ल्याइने प्रतिबद्धता जनाउनु भएको हो । उक्त विमानस्थलमा यसअघि ०७३ सालमै परीक्षण उडान गरिसकिएको छ । तर अहिलेसम्म सञ्चालनमाआउन सकिरहेको छैन् । पूर्व मुख्यमन्त्री शाहीले आफ्नो पहिलो प्रतिबद्धता विमानस्थल सञ्चालनमा ल्याउने छ भने दोस्रोमा गाउँ-गाउँसम्म सडक सञ्जाल पुर्‍याउने छ ।

यस्तै सबै बस्तीमा विद्युतीकरण गर्नेदेखि ठाउँ-ठाउँमा मोटरेबल पुलनिर्माण गरिने उहाँलेउल्लेख गर्नुभएको छ । साथै उहाँले प्रत्येक पालिकामा १५ शैयाको अस्पताल बनाउन पहल गरिने समेत बताउनु भएको छ । यस्तै विकट क्षेत्रमा फाइवर इन्टरनेट पुर्याउने, आर्थिक आत्मनिर्भरताको बाटोमा अघि बढाउन पहलगर्ने र मान्म-कोटवाडा केबलकार निर्माण गरिने शाहीको प्रतिबद्धतामा उल्लेख छ ।

साथै घरघरमा रोजगारीको अवसर सिर्जना गरिने पनि उहाँले बताउनु भएको छ । माओवादीका प्रभावशाली नेता शाही कालीकोटबाट गठबन्धनका साझा उम्मेदवार हुँनुहुन्छ । उहाँले नेकपा एमालेका नगेन्द्र शाही ‘नेशनल’ सँग चुनावी प्रतिस्पर्धा गर्नु हुँने भएको छ । यद्यपि उहाँको विरुद्ध मामा ओवादीकै काशिचन्द्र बराल पनि चुनावी मैदानमा छन् । बरालले यसअघि रास्कोट नगरपालिकाको प्रमुख भएर पाँचवर्ष कार्यकाल चलाइसक्नु भएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?