कर्णालीका सात जिल्लाका तीन सय मतदानस्थल अतिसंवेदनशील

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

सुर्खेत । कर्णाली प्रदेशका सात जिल्लाका तीन सय मतदानस्थल अतिसंवेदनशील मानिएको छ । सुरक्षाका हिसावले कर्णाली प्रदेशका २७६ निर्वाचनस्थल अतिसंवेदनशील रहेको औंल्याइएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावलाई लक्षित गरी जिल्लाका निर्वाचन सुरक्षा समितिले अतिसंवेदनशील सूचीमा राखेको हो ।

रुकुम पश्चिमका २१ , कालिकोट ७४, डोल्पा २३ , सल्यान ६३, दैलेख ४८, सुर्खेत २० र जाजरकोटका १८ मतदानस्थल अतिसंवेदनशील रहेको जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ ।

जिल्ला निर्वाचन सुरक्षा समितिका अनुसार सात जिल्लाका तीन सय २५ मतदानस्थल संवेदनशील छन् । जसमध्ये, रुकुम पश्चिमका ४३, डोल्पाका २६, सुर्खेतका ६, दैलेखका ६२, सल्यानका तीन, कालिकोटका २८ र जाजरकोटका ४२ वटा मतदानस्थल छन् । प्रदेशभर एक सय ३८ वटा मतदानस्थल भने सामान्य छन् । कर्णालीका अन्य तीन जिल्ला जुम्ला, मुगु र हुम्लामा जानकारी पाउन केही समय लागेको बताएको छ ।

कर्णालीमा आगामी निर्वाचनका लागि प्रदेशभर नौ सय ३३ मतदानस्थल र एक हजार चारसय तीन मतदान केन्द्र निर्धारण गरिएको छ । आयोगका अनुसार कर्णालीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेशभर १० लाख आठ हजार चार सय तीन मतदाता छन् ।

कर्णलीमा समानुपातिकतर्फको कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पामा मात्र मतपत्र पठाउन बाँकी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । अन्य ६ जिल्लामा समानुपातिकको मतपत्र पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?