सिन्धुली-२ मा बलियो पकड बनाउँदै थापा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेको तर्फबाट सिन्धुली क्षेत्र न २ मा संघीय संसदका लागि उम्मेदवार हुनुभएका मनोजजंग थापा प्रभावशाली देखिँदै आउनुभएको छ ।

वि.सं. २०४० सालमा कमला मावि ढुङ्ग्रेबासमा अध्ययन गर्दै गर्दा अनेरास्ववियुबाट बामपन्थी राजनीति यात्रा शुरु गर्नुभएका थापा अखिल भारत नेपाल विद्यार्थी संघको महासचिव हुँदै राजनीतिमा अगाडि आउनुभएको हो ।

उहाँले लोकतान्त्रिक आन्दोलनलाई पूर्णता दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समर्थन जुटाउन अन्तर्राष्ट्रिय बिभागको जिम्मेवारीमा समेत क्रियाशिल हुँदै हाल नेकपा एमालेको केन्द्रिय सदस्य तथा बुद्धिजीवी परिषदका इन्चार्ज रहनुभएको छ ।

थापा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिमा दखल राख्ने सक्रिय राजनितीकर्मी हुनुहुन्छ । वर्गीय समाज र राज्यका मूख्य मुद्दामा पार्टीलाई राय सल्लाह सुझाव दिने थापाले नेपालको माओवादी आन्दोलन र चिनिया कम्युनिस्ट पार्टीबिच सहजकर्ताको रुपमा कार्यसमेत गर्नुभएको थियो ।

शोषित पीडित वर्गको मुक्तिका लागि माओवादीले गरेको क्रान्ति सिमित ब्यक्ति र नेतृत्वका कारण स्खलित भएको र माओवादी आन्दोलन पार्टी बन्न नसकेको निष्कर्ष सहित थापाले राष्ट्र, राष्ट्रियता र अखण्डताको पक्षमा सतिसाल झै खडा भई देश र जनताको समृद्ध र खुशीका लागि एमालेको राजनीतिमा सक्रिय भएको बताउनुभएको छ ।

उहाँको सक्रियताकै वावजुद ‘समृद्ध सिन्धुली, सुखी सिन्धुलीबासी’ भन्ने मूल अवधारणासहित एमालेको तर्फबाट सिन्धुली क्षेत्र न २ प्रतिनिधि सभा सद्स्यमा उम्मेदवारी दिनुभएको छ।

पानी, पर्यटन, पूर्वाधार, परिश्रम र परिवार नै सामाजिक रुपान्तरणको मूख्य आधार रहेको र यसैले समाज र राष्ट्र निर्माणमा महत्त्वपूर्ण भूमिका निर्माण गरि समाजवादको मार्ग प्रशस्त गर्ने सामाजिक दर्शन तय गर्दछ भन्ने दर्शनशास्त्रमा दख्खल राख्ने उम्मेदवार थापाको बौद्धिकताबाट प्रभावित सिन्धुलीबासीहरू वास्तमै खोजे र रोजेजस्तो उम्मेदवार पाएकोमा निकै हर्षित रहेको बुझिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?