बुलिङटार बस दुर्घटना अपडेट : मृतकको पहिचान खुुल्यो, घाईतेको नामावलीसहित

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

-रामचन्द्र रायमाझी
पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–१, हुँगीबाट गोरखाको मनकामना जाँदै गरेको बस नवलपरासी पूर्वको बुलिङटारमा दुर्घटना भएको छ । मनाकामना दर्शनका लागि जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस आइतबार विहान बुलिङटार–२, मथारमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । दुई पुरुष र ३ जना महिलाको घटनास्थल मै मृत्यु भएको हो । दुर्घटनामा रम्भा गाउँपालिका–१, हुँगीका ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीय धनी विक, ५८ वर्षी देवी गाहा, स्याङजाको गल्याङ नगरपालिका–९ की ४५ वर्षीय फुलमाया माझीको ज्यान गएको इलाका प्रहरी कार्यालय बुलिङ्टारले जनाएको छ ।

दुर्घटनामा चालक र सह–चालक सहित ३० जना घाईते भएका छन् । घाईते हुनेहरुमा रम्भा गाउँपालिका १ का ४ वर्षीय अंकित सुनार, १० वर्षीय कृष्ण केवट, १८ वर्षीय प्रविन सुनार, २० वर्षीय राम वि.क., २१ वर्षीय रिता वि.क, २५ वर्षीय कासीराम वि.क., एक वर्षीया आईसा वि.क., १६ वर्षीय अविनास वि.क., १७ वर्षीय विशाल वि.क., ७ वर्षीया पुष्पा वि.क., ४७ वर्षीय मेघनाथ वि.क., स्याङ्जा गल्याङ ९ का २५ वर्षीया दिल माया राना, सोही स्थानका ३ वर्षीय रविन राना, भैरहवा भिम अस्पतालमा कार्यरत ३२ वर्षीया सुमित्रा वि.क, रम्भा १ भाले ढुङ्गाकी १५ वर्षीया रिमा वि.क., सोही ठाउँकी ३२ वर्षीय सनु सुनार, ३८ वर्षीय प्रेम बहादुर सुनार, २० वर्षीय आशिष सुनार, २० वर्षीय विजय वि.क., ३६ वर्षीया माया वि.क. रहेका छन् ।
यस्तै स्याङ्जा गल्याङ नगरपालिका –८ का ३५ वर्षीय मनोज कुमार वि.क., सोही स्थानका ३० वर्षीया उमा कुमारी वि.क., गल्याङ –९ का ३० वर्षीया सरिता माझी, सोही स्थानका ३१ वर्षीय रामु राना, पाल्पा रम्भा १ की १२ वर्षीया अस्मिता सुनार, ४७ वर्षीय ओम बहादुर वि.क., ४५ वर्षीया सेती वि.क. र ४८ वर्षीया शिव कुमारी वि.क. रहेको इलाका प्रहरी कार्यालय बुलिङ्टारले जनाएको छ । प्रहरीका अनुसार चालक रामपुर– ३ गण्डकी ढिकका दिल कुमार श्रेष्ठ, सह–चालक रामपुर ५ बेझाँडका साजन श्रेष्ठ पनि घाईते भएका छन् । घाईतेहरुलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल नारायणघाट पठाईएको छ ।

बस अनियन्त्रित भई सडकबाट झण्डै सय मिटर तल भीरमा अड्किएको छ । घाइतेको स्थानीय र प्रहरीले उद्धार गरेर अस्पताल पठाएका हुन् । रामपुर यातायात प्रालिका दुई वटा बस मनकामना दर्शनका लागि शनिबार बेलुकी हुँगीबाट मनकामना गएका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बसमा रम्भा १ हुँगी अन्तर्गत बिसौना, च्याङलिङ र गैरी क्षेत्रका दर्शनार्थी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?