आम निर्वाचन : जुम्लामा आठ सय ७८ कर्मचारी निर्वाचनमा खटिने

Read Time = 3 mins

-विजय रावत

जुम्ला ।आसन्न मंसिर ४ गतेहुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जुम्लामा आठ सय ७८ कर्मचारी खटिने भएकाछन् । निर्वाचनका लागि मतदान अधिृकत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी र स्वयंसेवक लगायतका कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिनुभयो ।

जिल्लाभर १०६ मतदान केन्द र ८३ वटा मतदानस्थल कायम गरिएको छ । प्रतिमतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, पाँच सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी कर्मचारी रहने छन । त्यसैगरी चार जना स्वयंसेवक मतदान केन्द्रमै नियुक्त गरेर खटाइने निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । जुम्लाका एक प्रतिनिधि सभा र दुई प्रदेश सभा सदस्यका लागि जिल्लाका आठवटै स्थानीय तह गरी ६८ हजार ६३८ मतदाता रहेकाछन् ।

प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र १ मा पुरुष १८ हजार ८७८,महिला १७ हजार ९०५ गरी जम्मा ३६ हजार ७८३ जना र क्षेत्र नम्बर २ मा पुरुष १६ हजार ८२२ महिला,१५ हजार ३३ गरी जम्मा ३१ हजार ८५५ जना रहेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । मतदाता शिक्षाका लागी सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संयोजक रहने गरी वडासचिव र महिला स्वयंसेविकालाई परिचालन गरिने छ ।

मतदाता शिक्षाका लागि जिल्लास्तरीय समिति समेत गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीको संयोजकत्वमा रहेको समितिमा जिल्ला समन्वय समिति अधिकारी,सदरमुकाममा रहेको सथानीय तहका प्रमुख प्रशासकीय अधिकृत,नेपाल पत्रकार महासंघका प्रतिनिधि र जिल्ला निर्वाचन अधिकारी सदस्य सचिव रहने गरी समिति गठन गरिएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्लामा आठ सय म्यादी प्रहरी निर्वाचनको सुरक्षामा खटिने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?