मर्स्याङ्दीमा नुहाउने क्रममा एक कामदार बेपत्ता

सांकेतिक तस्बिर

Read Time = 1 min

लमजुङ । लमजुङको राइनास नगरपालिका–८ तार्कुघाटबाट मर्स्याङ्दी नदीले बगाउँदा एक जना कामदार बेपत्ता भएका छन् । नुहाउने क्रममा ती युवकलाई बगाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश श्रीमलले बताउनु भयो ।

तनहुँको नेपालडाँडातर्फ खानेपानी लिफ्टिङ योजनामा कार्यरत बैतडीको पाटन नगरपालिका ८, सिद्धेश्वर खोडपेका २१ वर्षीय करणसिंह थलाललाई मर्स्याङ्दीले बगाएको प्रहरीले जनाएको छ ।

काम गरेर मंगलबार साँझपख घर फर्किने क्रममा मर्स्याङ्दीमा नुहाउने क्रममा बगाएको जानकारी आएको डीएसपी श्रीमलले बताउनु भयो । उहाँका अनुसार बेपत्ता युवकको खोजीकार्य भइरहेको छ । बुधबार साँझसम्म थलाललाई भेटिएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?