एमालेकै पालामा देश सुरुङ युगमा प्रवेशः ज्ञवाली

हिमालय टाइम्स
Read Time = 4 mins

बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले देशलाई सुरुङयुगमा प्रवेश गराउने काम एमालेकै सरकारको पालामा सुरु भएको बताउनु भएकाे छ ।

काठमाडौंंको नागढुंगामा एमालेकै पालाबाट सुरुङ निर्माण सुरु भएको बताउँदै उहाँले बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्गको डिपिआरको काम पनि एमालेकै पालामा भएको बताउनु भयाे ।

गुल्मी १ का प्रतिनिधिसभाका उम्मेदवार ज्ञवालीले विभिन्न स्थानमा आयोजित घरदैलो कार्यक्रमलाई सम्वोधन गर्दै भन्नुभयाे, 'देश अहिले सुरुङ युगमा प्रवेश गरेको छ, यसको आधार एमालेकै सरकारले तयार गरेको हा ।'

ज्ञवालीले तराईमा सशस्त्र संघर्ष गरी हिंसा मच्चाइरहेका समूहलाई पनि एमालेकै सरकार हुँदा देशको मूलधारको शान्तिपूर्ण राजनीतिमा ल्याएको बताउनुभयाे । 'तराईमा द्वन्द्व चर्काएका सिके राउत लगायतका समूहलाई शान्तिको बाटोमा ल्याउन सफल भयौंं, यो एमाले नेतृत्वको सरकार हुँदा संभव भएको हो,' उहाँले भन्नुभयाे ।

मधेश केन्द्रित दलहरुले संविधान जलाइरहेको र सिके राउतले मधेशमा द्वन्द्व चर्काउँदै गरेको स्मरण गर्दै ज्ञवालीले भन्नुभयाे, 'विप्लव शान्ति प्रकृया बाहिरै थिए तर जब नेकपाको सरकार बन्यो विगतका सबै द्वन्द्व समाधान भए ।'

उहाँले मुलुकलाई द्वन्द्वबाट मुक्त बनाउन एमाले नेतृत्वको सरकारले सफलता पाएको दावी गर्दै शान्ति, स्थिरता र विकासका लागि एमालेको जित मुलुकले खोजिरहेको बताउनुभयाे ।

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले एमालेको राष्ट्रियताको अडानकै कारण देशले नयाँ नक्सा पाएको बताउनुभयाे । 'कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा बनाएका छौं, साना तीना धक्काले देश झुक्दैन भन्ने प्रमाणित गरेका छौं, उहाँले भन्नुभयाे ।

देशको भू-भागमाथि आफ्नो वैधानिक दाबीमात्र प्रस्तुत नगरी औपचारिक रुपमा वार्ताको थालनी समेत गरेको अवस्थामा विभिन्न षडयन्त्रपूर्वक सरकार ढालिएको उहाँको भनाई छ ।

नेकपाको नेतृत्वमा साढे तीन बर्ष सरकार चलेको बताउँदै उहाँले त्यस अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा देशले विकासमा फड्को मारेको उल्लेख गर्नुभयाे । उहाँले नेकपा नेतृत्वको तीन बर्षको सरकार इतिहासकै सफल सरकारको रुपमा रहेको दावी गर्नुभयाे । ज्ञवाली अहिले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रममा केन्द्रित हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?