कलंकीको गेष्ट हाउसमा १६ वर्षीया किशोरी बलात्कृत

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौंको कलंकीस्थित एक गेष्ट हाउसमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

ती किशोरीलाई बलात्कार गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-८ मातातिर्थ बस्ने २८ वर्षीय चन्दन महर्जनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महर्जनले ती किशोरीलाई ललाई फकाई काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित गेष्ट हाउसमा लगी विभिन्न मितिमा पटक पटक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई मातातिर्थस्थित बौथली चोकबाट पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?