ओली प्रधानमन्त्री बने मात्रै मुलुकले निकासा पाउँछ: निरञ्जन थापा

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

भैरहवा । राप्रपा केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्वगृहमन्त्री निरञ्जन थापाले सत्ताधारी दलको गठबन्धनका कारण मुलुक आर्थिक संकटमा परेको आरोप लगाउनु भएकाे छ ।

थापाले यो सरकारका कारण उद्योगी व्यवसायी तथा नागरिक असन्तुष्ट रहेको बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘पाँच दलीय गठबन्धनका कारण मुलुक आर्थिक संकटमा परेको छ, हामी सरकारमा गएपछि बेरोजगारलाई स्वदेशमै रोजगारी दिन्छौं ।’ कार्यक्रममा उहाँले रुपन्देहीमा सञ्चालित पाँच वटा स्टील उद्योग बन्द भएको पनि बताउनुभयाे ।

पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री को हो ? भन्दै उहाँले कांग्रेसका नेताहरूले अबको प्रधानमन्त्री शेरबहादुर देउवा भन्ने गरेको तर गठबन्धनका नेता डा. बाबुराम भटराई अबको प्रधानमन्त्री प्रचण्ड भन्ने गरेको बताउनु भयाे । उहाँले भन्नुभयाे, 'सतारुढ गठबन्धनमा स्पष्टता छैन । तर यता तीन दलीय तालमेलको प्रधानमन्त्री केपी शर्मा ओली बन्ने पक्का भइसकेको छ ।' उहाँले ओली प्रधानमन्त्री बने मात्रै मुलुकले निकासा पाउने बताउनु भयाे ।

उहाँले दीपक बोहरालाई निर्वाचन जिताउनुपर्ने पनि बताउनुभयाे । उहाँले यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विकासप्रेमी नेता बोहरालाई निर्वाचन जिताए विकासले थप गति लिने दावी गर्नुभयाे । बोहराको अगुवाइमा भएका विकास निर्माणबारे जनताले राम्रोसँग बुझेकाले बोहराको जित सुनिश्चित भएको दावी गर्नुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?