भारतीय रिजर्भ बैंकद्वारा भर्चुअल मुद्रा जारी

Read Time = 2 mins

नयाँदिल्ली । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाले डिजिटल मुद्रा जारी गरेको छ । पाइलट प्रोजेक्ट अन्तर्गत आइबीआईले सेन्ट्रल बैंक डिजिटल करेन्सी अर्थात् सिबिडिसी जारी गरेको हो ।

यी मुद्रा सिबिडिसी होलसेल र सिबिडिसी रिटेल गरी दुई प्रकारका हुनेछन् । पहिलो चरणमा सिबीडीसी होलसेल मुद्रा जारी गरिएको हो । ई रुपए डिजिटल मुद्राको मूल्य पनि भौतिक मुद्राकै बराबर हुने छ । ब्लक चेनमा आधारित यो मुद्रा विभिन्नखाले क्रिप्टो करेन्सीभन्दा चाहीँ फरक हुने र मुद्रा पूर्णरूपमा आरबीआईको ग्यारेन्टीसहितको हुने जनाइएको छ ।

फरक यही हो कि यसलाई बैंक खातामा जम्मा गर्न वा खल्तीमा बोक्न ब्यक्तिको विद्युतीय खातामा रहने यो मुद्रा भौतिक मुद्रासँग साट्न भने मज्जाले पाइनेछ । आरबीआईले जारी गर्ने हुनाले यो मुद्रामा विटक्वाइन, इथरलगायत क्रिप्टो करेन्सीमा जस्तो जोखिम हुने छैन । यो मुद्राको विस्तारसँगै भुक्तानीमा रहेका थुप्रै झन्झटहरू र लागत हट्ने दाबी पनि गरिएको छ ।

विदेशमा काम गर्नेहरूलाई रकम पठाउन र आयात निर्यातको काम गर्नेहरूलाई निकै सजिलो हुने दाबी आरबीआइको छ । डिजिटल करेन्सी प्रचलनमा आए पनि तत्काल भौतिक मुद्रा भने प्रचलनबाट हराउने छैन । पहिलो चरणमा ठूलो कारोबारमा आएको डिजिटल मुद्रा आम सर्वसाधारणमा प्रचलनमा आउन भने समय लाग्ने बताइएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?