पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ ।

र्‍यालीमा रहेका उनीसवार कन्टेनरमा आक्रमणकारीले ३/४ राउण्ड गोली चलाएका थिए । गोली लागेर खान घाइते हुनु भएको छ । उहाँ बाहेक अरु ९ जना घाइते भएको बताइएको छ । समाचार स्रोतका अनुसार एक जनाको मृत्यु समेत भएको छ ।

गुजरावालाको अल्लाहवाला चोक नजिकै उहाँमाथि गोली प्रहार भएको हो । गोली लागि घाइते इमरान खानलाई लाहोरको अस्पतालमा भर्ना गरिएको छ ।

यस घटनामा इमरान खानको पहिलो प्रतिक्रिया आएको छ । उनले आफूलाई अल्लाहले नयाँ जीवन दिएको बताएका छन् । उनले लेखेका छन्, ‘अल्लाहले मलाई यो दोस्रो जीवन दिनुभयो ।'

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?