खुकुरी प्रहार गरी आमाको हत्याको आरोपमा छोरा पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आफ्नै आमा ७० वर्षीया फुलमाया तामाङको हत्या गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-३ घर भई कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटार बस्ने ३५ वर्षीय जय बहादुर तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै डेरा कोठामा जय बहादुरले खुकुरी प्रहार गरी आमाको हत्या गरेको प्रहरीले जनाएको छ ।

उक्त खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाकाे सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?