अरिङ्गालले टोक्दा बझाङमा एक बालकको मृत्यु

Read Time = 1 min

धनगढी । बझाङका एक बालकको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ । जिल्लाको थलारा गाउँपालिका ८ विस्खेतका नरेन्द्र जोशीका ७ वर्षीय छोरा किवांश जोशीको अरिङ्गालको टोकाइबाट बिहीबार मृत्यु भएको हो ।

भाइटीका मान्न माइतीघर डोटीको सायल गाउँपालिका ५ गुरेना गएकी आमा आरती जोशीसँगै मामाघर गएका उनलाई गत मंगलबार घर नजिकै अरिङ्गालले टोकेको बताइएको छ । अरिङ्गालको टोकाइबाट घाइते भएका उनलाई अस्पतालबाट सामान्य उपचारपछि घर पुर्‍याएको र बिहीबार मृत्यु भएको थलारा ८ का वडाध्यक्ष टीकाराज जोशीले बताउनु भयोे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?