विश्वकपको टिकट आफू मातहतलाई

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसै महिना सुरु हुने फिफा विश्वकप २०२२ कतारको टिकट आफू मातहातलाई दिने भएको छ । फुटबलको सर्वोच्च संस्था फिफाबाट एन्फालय २९० थान टिकट पाएको छ । उक्त टिकट एन्फाले आफू मातहतका जिल्ला संघ, क्लबलगायत विभिन्न सहयोगी संस्था र व्यक्तिलाई आन्तरिक रूपमा मात्र टिकट बिक्री गर्ने भएको छ ।

तर यसपटक भने एन्फाले टिकट खुला बिक्रीमा नराखेको हो । एन्फाले आफूमातहतका निकायलाई भने उक्त टिकट खरिद गर्न भुक्तानी प्रक्रिया सुरु गरिसकेको टिकट बिक्री संयोजन गरिरहेका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले बताउनुभयो । एन्फाले विगतझैं एसियाली फुटबल महासंघ (एएफसी) लाई ६५ टिकट दिनेछ । त्यसपछि आफू मातहतका ३ डिभिजनका ४२ क्लब, ४८ जिल्ला फुटबल संघ, ४ फुटबल संघ (रेफ्री, खेलाडी, प्रशिक्षक र महिला), राष्ट्रिय लिगका लागि छनोट चार क्लब र सात प्रदेश फुटबल संघलाई एक-एक टिकट विक्री गर्ने उहाँले बताउनुभयो ।

यसबाहेक अन्य टिकट फुटबलमा प्रायोजन गर्दै आएका र फुटबलमा योगदान दिएका व्यक्ति तथा संस्थालाई बिक्री गरिने बुझिएको छ । एन्फा केन्द्रीय कार्यसमितिका सदस्यलाई पनि टिकट बिक्रीका लागि प्राथमिकतामा राखिएको छ । एन्फाले उद्घाटन समारोह र समूहचरणका खेलदेखि सेमिफाइनलसम्मका खेलको टिकट बिक्रीका लागि फरक फरक मूल्य राखेको छ । विभिन्न खेलको टिकट मूल्य ३० हजारदेखि एक लाख ३१ हजारसम्म छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?