‘बगेको खोला’लाई गोधूलि पुरस्कार

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । दुर्गादेवी नेपालको ‘बगेको खोला’लाई २०७९ सालको ‘गोधूलि पुरस्कार’ प्रदान गरिने भएको छ । गोधूलि साहित्य प्रतिष्ठानद्वारा प्रदान गरिने दस हजार रूपैयाँ राशि र ताम्रपत्रसहित ‘गोधूलि पुरस्कार’ विशेष कृतिका रुपमा ‘बगेको खोला’लाई प्रदान गरिने निर्णय भएको गोधूलि साहित्य प्रतिष्ठानका संयोजक प्रकाश समीरले जानकारी गराउनुभयो ।

गोधूलि साहित्य प्रतिष्ठानका अध्यक्ष श्रीमती गंगा लिगलको अध्यक्षातामा बसेको बैठकले सो निर्णय गरेको थियो । विराटनगर निवासी ८५ वर्षीय दुर्गादेवी नेपाल दसौँ वर्षदेखि विभिन्न रोगले ग्रस्त हुनुहुन्छ । हाल उहाँको काठमाडौंमा बस्दै आउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?