काठमाडौं । चलचित्र ‘चित्रा’को फष्र्टलुक पोष्टर सार्वजनिक गरिएको छ छ । निर्माण टिमले मंगलबार तीनवटा पोष्टर सार्वजनिक गरेको हो ।
सार्वजनिक पोष्टरमध्ये एकमा डेब्यु अभिनेता सन्तोष अधिकारीसहित चलचित्रका मुख्य अभिनेताद्वय अर्पण थापा र प्रमोद अग्रहरिलाई ‘इन्टेन्स लुकमा’ देखाइएको छ भने अर्कोमा मुख्य तीन अभिनेत्री शुभेक्षा खड्का, मेनुका प्रधान र अन्जना बराइलीसँगै अभिनेता अर्पण, प्रमोद र सन्तोषलाई स्थान दिइएको छ । यस्तै अर्को पोष्टरमा मुख्य अभिनेता सन्तोषले चलचित्रमा छोरी बन्नुभएकी बाल कलाकार आयुशीलाई पिठ्यूमा बोक्नुभउको छ । साथमा अभिनेत्री सिम्रन खड्का मुस्कुराइरहेको देख्न सकिन्छ ।
घनश्याम लामिछानेको निर्देशन रहेको चलचित्रले बाबुछोरीको कथा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ । चलचित्रमा सन्तोष, मेनुका, शुभेच्छा, अर्पण, प्रमोद, प्रकाश, अञ्जना, सिम्रनसँगै आयुसी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङलगायत कलाकारको अभिनय छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र