धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा छलफल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिट्पुट प्रवृत्ति देखापरेपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले धार्मिक अगुवाहरूलाई आज गृह मन्त्रालयमा बोलाएर गम्भीर छलफल गर्नुभएको छ ।

त्यसक्रममा उहाँले विश्वकै मौलिक धार्मिक सहिष्णुता भएको नेपालमा निहित उद्देश्यका कतिपयले धार्मिक उद्दण्डता देखाएर परिस्थिति भड्काउन खोजेको हुनसक्ने तर त्यसको प्रशासनिक भन्दा पनि समुदायगत समाधान दीर्घकालीन र प्रभावकारी हुने आफ्नो मान्यता सुनाउनु भयो। मुलुकको एकता र सार्वभौमिकताका लागि धार्मिक एवम् सामुदायिक एकता अपरिहार्य भएको र अगुवाहरूको त्यस पहलले समुदायमा सचेतता फैलिने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो।

उपस्थित हिन्दु, बौद्ध, मुस्लिम र क्रिश्चियन धर्मसँग सम्बन्धित अगुवा संस्थाका प्रमुखहरूले धार्मिक सद्भावका लागि संयुक्त अपिल नै जारी गरेका छन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?