इन्टेग्रिटी आइकन नेपाल २०२२ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । अकाउन्टविलिटी ल्याब नेपालले सन् २०१४ देखि इन्टेग्रिटी आइकनमार्फत् सार्वजनिक संयन्त्रभित्रका अब्बल कर्मचारीलाई खोजेर जवाफदेही संयन्त्र निर्माणका लागि थप प्रोत्साहित गर्दै आएको छ । नौ वर्षअघि नेपालबाट सुरु भएको इन्टेग्रिटी आइकन अभियान हाल विश्वका अन्य १५ देशमा विस्तार भइसकेको छ ।

यस वर्षका इन्टेग्रिटी आइकनलाई देशभरिबाट प्राप्त भएका चार सय १० मनोनयनबाट छनोट गरिएको थियो । छनोट समितिमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व-प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, प्रशासनविद् काशिराज दाहाल, पूर्व-सचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्व-कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने र प्राध्यापक तथा आइआइडिएस सेन्टर फर गभर्नेन्सका निर्देशक डा. सुचेता प्याकुरेल रहनुभएको थियो ।

इन्टेग्रिटी आइकन २०२२ का लागि सडक विभागकी इन्जिनियर कल्पना अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जन, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी हवल्दार राजेश साह जयसवाल, उपसचिव रोशनीदेवी कार्की, सीमा प्रशासन कार्यालय सोलुखुम्बुकी शाखा अधिकृत सुजनकुमारी बर्देवा रहनुभएको छ । आयोजकले आइकनहरूलाई आगामी कात्तिक २४ गते सम्मान गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?