आफ्नो जिन्दगीसँग जोडिएका कैयौं कुराको खुलासा गर्दै सेलेना, आमा बन्न नसक्ने चिन्ता

Read Time = 3 mins

लसएञ्जल्स । गायिका सेलेना गोमेजले हालै आफ्नो नयाँ डकुमेन्ट्री ‘माई माइण्ड एण्ड मी’ मा आफ्नो जिन्दगीसँग जोडिएका कैयौं कुराको खुलासा गर्नुभएको छ । कम उमेरमा हलिउडमा सफलता हात पर्नुभएकी उहाँलेसन् २०२० मा इन्स्टाग्राममा एक लाइभ सेशनमा फ्यानमाझ आफूलाई बायपोलर डिसअर्डरको रोग रहेको बताउनुभएको थियो ।

सेलेनाले एक अन्तर्वार्तामा आफू सायद कहिल्यै आमा नबन्ने कुरा बताउनुभएको छ । सेलेना हालैमात्र रोलिङ स्टोन म्यागाजिनको कभरमा आउनुभएको थियो । उहाँले पत्रिकासँग आफ्नो भावी योजनाका बारेमा कुराकानी गर्नुभएको थियो ।

कुराकानीमा सेलेनाले आफूलाई परिवार बढाउन मनपर्ने भए पनि आफ्नो ‘मेडिकेसन’का कारण त्यो खतरनाक हुने उल्लेख गर्नुभएको छ । ‘म गर्भवती हुनका लागि प्रयासरत एक साथीलाई भेट्न गएकी थिएँ । साथीको अवस्था देखेपछि म आफ्नो कारमा गएर रोएँ । किनकी मैले पनि बच्चालाई कहिल्यै पनि जन्म दिन नसक्ने हो कि भन्ने चिन्ता थियो’, उहाँले भन्नुभएको छ ।

सेलेनाले बायपोलर डिसअर्डरको औषधिका कारण सन्तान जन्माउनु सन्तान र आमा दुवैका लागि खतरनाक रहेको बताउनुभएको छ । यसअघि सन् २०१४ मा सेलेनालाई ल्यूपस रोगका कारण अस्पताल भर्ना गरिएको थियो । जहाँ उहाँको किड्नी ट्रान्सप्लान्ट गरिएको थियो । त्यो किड्नी उहाँको साथीले दिनुभएको थियो ।

‘लूज यू टू लव मी’, ‘स्लो डाउन’, ‘बेड लायर’ जस्ता सुपरहिट गीतकी यि गायिका ‘बोल्ड सङ’ दिन सक्ने गायिकाका रूपमा विश्वभरका दर्शकमाझ चर्चित हुनुहुन्छ उहाँको आनीबानीलाई मिडियाले राम्रै स्थान दिइरहेका हुन्छन् । सेलेनाको स्वर, प्रस्तुति र शारीरिक सुन्दरता तीनवटै पाटा चर्चित छन् । गोमेज डिज्नीको चर्चित शो विजर्ड अफ वेवर्लि प्लेस’बाट बाल कलाकारक को रूपमा चर्चामा आउनुभएको थियो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?