गुल्मीमा गोकर्णलाई झड्का : एमालेका नेता गौतमकाे समर्थन एकीकृत समाजवादीकी रामकुमारीलाई

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । गुल्मी–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोकर्ण विष्टलाई निर्वाचनको मुखमा ठूलो झड्का लागेको छ । निर्वाचन नजिकिएको बेला नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा गुल्मीका प्रभावशाली नेता शेषकान्त गौतमले गोकर्णको साथ छोडनु भएको छ । गोकर्णको साथ छोडेका शेषकान्तले सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामकुमारी झाँक्रीलाई समर्थन गर्दै सहयोग गर्ने घोषणा गर्नु भयो।

नेकपा (एमाले)का नेता शेषकान्त गौतमले नेकपा (एकीकृत समाजवादी)की उमेदवार रामकुमारी झाँक्रीको पक्षमा मतदान गर्न आह्वान गर्नु भएको छ । उहाँले गुल्मी क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार बनेकी झाँक्रीको पक्षमा मत माग्नुभएको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै गौतमले लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान पु¥याउनु भएकी झाँक्रीलाई मत दिनु उचित ठानेको उल्लेख गर्नु भएको छ । गुल्मी–२ बाट एमालेका गोकर्ण विष्ट उमेदवार हुनु हुन्छ । गौतम प्रतिनिधिसभा सदस्यको उमेदवारका लागि एमालेको स्थानीय कमिटीबाट सिफारिसमा पर्नुभएको थियो ।

फरक पार्टीका उम्मेदवार झाँक्रीलाई समर्थन र सहयोग गर्ने घोषणा गरेका उहाँले पार्टी परित्याग भने नगरेको उल्लेख गर्नु भएको छ । रामकुमारीलाई सहयोग गरेकै कारण पार्टीले कारबाही गरे भोग्न तयार रहेको उहाँले बताउनु भयो। ‘कुनै राजनीतिक परिवारका कारण अगाडि नबढेकी र गुल्मेली गहना चेलीलाई समर्थन गरेर विजयी गराई पठाउन सम्पूर्ण गुल्मेलीहरूलाई आग्रह गर्दछु गौतमले भन्नुभएको छ ।’

bighyapti

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?