स्वच्छन्द्र भैरव टिम च्याम्पियन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आयोजक नेपाल सितोरियो कराँते डो संघ, स्वच्छन्द्र भैरव शाखा डोजोले प्रथम स्वच्छन्द्र भैरव नगरस्तरीय खुला कराँते प्रतियोगिताको उपाधि जितेको छ । चितलाङको हात्तीसार माझगाउँमा भएको प्रतियोगितामा स्वच्छन्द्र भैरवले आठ स्वर्ण, चार रजत र १४ कास्य जित्यो । पाँच स्वर्ण, सात रजत र १३ कास्यसाथ गोजुरियो दोस्रो भयो । तेस्रो स्थानको बज्र बाराहीले पाँच स्वर्ण, सात रजत र सात कास्य हात पार्‍यो ।

प्रतियोगिताको पुरुषमा स्वच्छन्द्र भैरवका सलिन गमाल तथा महिलामा बज्र बाराहीकी बबिता बलामी उत्कृष्ट खेलाडी घोषित हुनुभयो । स्वच्छन्द्र भैरव अनुशासित टिम पनि ठहरियो ।

विजेतालाई थाहा नगरपालिकाका मेयर विष्णु विष्ट, उपमेयर भरत गोपाली, आयोजक डोजोका प्रमुख एवं प्रतियोगिताका संयोजक रोशन बलामीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । सो अवसरमा नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत कराँतेका स्वर्ण विजेता आशिष थापा र कास्य विजेता सुविन खत्रीलाई सम्मान गरिएको थियो ।

एकदिने प्रतियोगितामा पुरुषतर्फ १० र महिलामा आठ गरी १८ स्पर्धामा ३५० खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?