ज्येष्ठ प्राध्यापक समाजमा पुनः डा. शर्मा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल ज्येष्ठ प्राध्यापक समाजको नवौं राष्ट्रिय अधिवेशनले डा.विमलकुमार शर्मालाई पुनः अध्यक्षको जिम्मेवारी सुम्पिएको छ । शनिबार काठमाडौंमा सम्पन्न समाजको अधिवेशनले सम्पूर्ण पदाधिकारीहरू निर्विरोध निर्वाचित गरेको हो । अधिवेशनले समाजको उपाध्यक्षमा प्रा.डा.शेखर गुरुङ, महासचिवमा प्रा.डा.सिद्धिप्रसाद कोइराला, सचिवमा श्रीमती बद्रीलक्ष्मी वैद्य, कोषाध्यक्षमा प्रा.डा. प्रदीपकुमार भट्टराइलाई निर्वाचित गरेको छ ।

यस्तै, अधिवेशनले सदस्यहरूमा रेवतीप्रसाद दाहाल, तिमिला यमी थापा, डा.रामदेव तिवारी, डा.शारदा श्रेष्ठ, सुरेन्द्रकेशर अमात्य र भीमध्वज श्रेष्ठलाई निर्वाचित गरेको छ । रामेश्वर उपाध्याय र डा.गोपालप्रसाद दाहालको निर्वाचन समितिले उक्त निर्णयको घोषणा गरेको थियो ।

अधिवेशनको उद्घाटन सत्रमा भूषण श्रेष्ठ, वसन्तकुमार गौतम, दिलीप सुब्बा, डा.विमलकुमार शर्मालगायतले मन्तव्य राख्नुभएको थियो । समाजको नवनिर्वाचित कार्यसमितिले तीनजना सदस्य मनोनयन गर्ने र निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था रहेको अध्यक्ष डा.विमल शर्माले बताउनुभयो । अधिवेशनमा शिक्षा क्षेत्रका विज्ञ व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?