चौथो टुक्का कविता दिवस सम्पन्न

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चौथो टुक्का कविता दिवस सम्पन्न भएको छ । टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईंको अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । समाजका महासचिव चूडा निर्भिकले सञ्चालन गर्नुभएको कार्यक्रममा समाजको उपाध्यक्ष वसन्त अनुभवले स्वागत मन्तव्य, सचिव जमुना आचार्य कोइरालाले संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष रचना शर्मा प्रतिक्षाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा शुभकामना दिँदै कुलपति भुपाल राईले नेपालमा प्रवर्तन भएका लघु तथा लघुत्तम विधाहरूको बारेमा प्रष्ट बुझेर ती विधालाई स्थापित गर्ने कार्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले साथ दिन प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रज्ञा सभा सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले दुई हरफमा लेखिने टुक्का कविता लेखन अभियान शुरु भएको चार वर्षको अवधिमै यति धेरै पुस्तक तथा हजारौँ सर्जकहरूको सहभागिता हुनुले यो उपविधा छिट्टै स्थापित भएर संसारभर फैलन सक्ने अवस्था देखिएकोमा खुसी व्यक्त गर्दै नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभागले नेपालमा नै खोज अनुसन्धान र प्रवर्तन भएका विधालाई स्थापित गर्न सक्दो सहयोग गर्ने बताउनुभयो ।

डा.देवी पन्थीले अब नेपाली साहित्यमा विदेशमा प्रवर्तन भएका आयातित विधाहरूभन्दा पनि नेपालमा नै सुरुवात भएका मौलिक विधालाई नेपाली साहित्यले आफ््नो विधाको रूपमा स्थापित गर्दै साहित्य आयात होइन निर्यात गर्नुपर्छ भन्ने कुरामा जोड दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?