घट्यो सुनको मूल्य

Read Time = 1 min

काठमाडौं । नेपाल सूनचाँदी व्यवसाय महासंघकाअनुसार सोमबार सुनचाँदीको मूल्य घटेकाे छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

आइतबार छापावाला सूनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यसैगरी चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार १२ सय ६५ रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?