दाङबाट नेपाल कम्युनिस्ट पार्टीका तीन नेता गिरफ्तार

विवेक खड्का दाङ, संवाददाता
Read Time = 2 mins

दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङका ३ नेता गिरफ्तार परेका छन् ।

आज घोराहीमा भित्तेलेखन कार्यक्रमबाट अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रिय सदस्य एवम पार्टीका जिल्ला कमिटी सदस्य अशोका सी,पार्टीको सहायक संगठन युवा संगठन नेपालका जिल्ला सचिव एवम पार्टीका जिल्ला कमिटी सदस्य पदम सी , पार्टीका जिल्ला कमिटी सदस्य रेमन्त सीलाई नेकपा दाङका जिल्ला सेक्रेटरी प्रदिप सीले शान्तिपुर्ण कार्यक्रमबाट गिरफ्तार गरिएका नेता -कार्यकर्तालाई अबिलम्ब निसर्त रिहा नगरे प्रतिरोधात्मक ढंगले खारेजी अभियानलाई थप शसक्त बनाउने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘हामी यो निर्वाचनलाई खारेज गर्ने भनेका छौँ । चुनाव खारेजीका लागि हामीले जिल्लामा शान्तिपुर्ण ढंगले भित्तेलेखन पोस्टरिङ , पर्चा वितरण , घरदैलो अभियान संचालन गरिरहेका छौँ तर प्रशासनले शान्तिपुर्ण कार्यक्रममा अनावश्यक दमन गरिरहेको छ । शान्तिपुर्ण ढंगले कार्यक्रम गर्दा अनावश्यक दमन गरिरहे निर्वाचन खारेजी अभियानलाई प्रतिरोधात्मक संघर्ष समेत चलाउने चेतावनी दिन चाहान्छौ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?