मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा : रेमिट्यान्स ३० प्रतिशतले बढ्यो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।  नेपाल राष्ट्र बैंकले रेमिट्यान्स ३० प्रतिशतले बढेको जनाएको छ ।

मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गर्दै राष्ट्र बैंकले विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३० प्रतिशतले वृद्धि भएको जनाएको हो ।

विप्रेषण आप्रवाहमा भएको उल्लेख्य वृद्धिका कारण चालु खाता तथा शोधनान्तर स्थिति बचतमा राख्न सहयोग पुगेको बैंकले दाबी गरेको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा चालु खाता रु.५९ अर्ब ९ करोड र शोधनान्तर स्थिति रु. ९९ अर्ब ७ करोडले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता रु.३५ अर्ब २४ करोडले घाटामा र शोधनान्तर स्थिति रु.१२ अर्ब ४३ करोडलेबचतमा रहेको थियो ।

शोधनान्तर स्थितिमा आएको सुधारका कारण विदेशी विनिमय सञ्चितिमा पनि सुधार भई २०८० असोज मसान्तमा रु. १६४३ अर्ब ९ करोड पुगेको छ, जुन करिब १०.३ महिनाको वस्तु तथासेवा आयात धान्न पर्याप्त रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?