डडेल्धुरा : चुनाव प्रचारप्रसारमा प्रहरी हस्तक्षेप भएको स्वतन्त्र उम्मेदवार सागर ढकालको आरोप

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 3 mins

डडेल्धुरा । डडेल्धुरामा प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार सागर ढकाललाई स्थानीय प्रशासनले चुनाव प्रचारप्रसारमा हस्तक्षेप गरेको छ ।

मंगलवार सागर ढकाल समर्थक युवाहरुले १० जना युवाहरुले चुनाव चिन्ह सहितको १० वटा झण्डा सहित दुई किलो मिटर सदरमुकामको बजार क्षेत्रमा -याली गर्दै जाँदा गस्तीमा परिचालन भएका प्रहरीले रोके पछि केहि बेर वादविवाद पनि भएको सागर ढकालले जानकारी दिएका छन् ।
आचार संहिताको परिपालना हुने गरि आम मतदातालाई सार्बजनिक रुपमा माईकिङद्वारा अपिल गरिरहेको शान्तिपूर्ण कार्यक्रममा माथीको आदेश भन्दै तुफाँनडाँडा चोकमा प्रहरीले रोक लगाए पछि सागरका समर्थक स्थानीय युवाहरुले प्रहरी प्रशासनको विरोध गरेका छन् ।

प्रधानमन्त्रीको आमसभामा सैयौं गाडीहरु प्रयोग हुँदा मौन बस्ने प्रहरी प्रशासन, आचारसंहिता नियमन समिति लगायत निर्वाचन आयोगका निकायहरु स्वतन्त्र उम्मेदवारसँग साना साना कुरामा निहुँ खोजिरहेको ढकालले टेलिफोन मार्फत बताउनु भयो ।
युवा लगायत डडेल्धुराका मतदाताको आकर्षण मेरो पक्षमा देखिए पछि सत्तापक्ष अत्तालिएको र ठाउँठाउँमा अबरोध गर्न उद्दत रहेको पनि उहाँले बताउनु भयो ।

उता जिल्ला प्रशासन कार्यालय डडेल्धुराले मंसिर ४ गते हुन गईरहेको आम निर्वाचनका लागि कुनै पनि राजनीतिक दल तथा उम्मेदवारलाई अबरोध नगरिएको र रोक नलगाएको तथा स्थानीय प्रशासनलाई जानकारी गराई मात्र प्रचार प्रसार एवं चुनावी कार्यक्रमहरु गर्न आग्रह सहितको विज्ञप्ति प्रकाशित गरेको छ ।

bighyapti

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?