काठमाडौं । सांग्रिला टुर्स प्रालि ‘ट्रिटमेन्ट पोसिबल इण्डिया’ का लागि नेपालको आधिकारिक एजेन्टका रूपमा नियुक्त भएको छ । सांग्रिला टुर्समार्फत् नेपाली जनतालाई उचित मूल्यमा भारतमा व्यावसायिक चिकित्सा सहायता प्राप्त गर्न मद्दत गर्नेछ । ट्रिटमेन्ट पोसिबलले एक दशकभन्दा बढी समयदेखि मानिसलाई सेवा प्रदान गर्दैै आएको छ । जसले भारतमा उपचार गर्न चाहने नेपाली बिरामीलाई उचित मूल्यमा सही चिकित्सक र अस्पतालसँग जोडिएको सुनिश्चित गर्नेछ । सांग्रिला टुर्सले नेपालमा विगत ४३ वर्षदेखि नेपाली र विदेशी पाहुनालाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।
कम्पनीका अनुसार बिरामीले आफ्ना केस फाइल सांग्र्रिला टुर्सलाई दिनेछन्, जसले विवरण भारत पठाउनेछन् र उपचार रणनीति, डाक्टर र अस्पतालका लागि सिफारिससहित लागत ट्रिटमेन्ट पोसिबलद्वारा दिइनेछ भने उक्त सेवाबापत बिरामीले कुनै शुल्क तिर्नुपर्दैन ।
एकपटक उपचारको पाठ्यक्रममा सहमतिपछि कम्पनीले र ट्रिटमेन्ट पोसिबलले बिरामी र उनीहरूको परिवारसँग हवाई यातायात र बसाइसहितको भारत भ्रमणको योजना बनाउन काम गर्नेछन् ।
भारत पुग्नेबित्तिकै ट्रिटमेन्ट पोसिबलका प्रतिनिधिले बिरामीलाई आगमनमा भेट्नेछन् र उनीहरूको मनपर्ने आवासमा स्थानान्तरण गर्नेछन् । भारतीय सीमकार्ड कार्ड उपलब्ध गराउनेछन्, अस्पतालमा डाक्टरसँग भेटघाटमा साथ दिनेछन्, भर्नाको दिनमा सहजीकरण गर्नेछन् । उपचारपछि स्वास्थ्य संस्थाले डाक्टरसँगको फलोअप भ्रमणको योजना र व्यवस्थापन गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच