आठ हजार मिटरसम्म हिमाल आरोहण खुलाउने तयारी

Read Time = 2 mins

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हाल प्रयोगमा नआएका नयाँ हिमालमा आरोहण खुला गरिने बताउनुभएको छ । आइतबार नेपाल पर्वतारोहण संघको ३२औँ साधारणसभालाई सम्बोधन गर्दै उहाँले सरकारले पाँच हजार आठ सय मिटरदेखि आठ हजार मिटरसम्मका नयाँ हिमाल पर्वतारोहण अनुमति दिने तयारी गरेको बताउनुभएको हो ।

मन्त्री श्रेष्ठले कुन-कुन हिमाल आरोहण गर्न सकिन्छ र कुन-कुन हिमालमा आरोहण खुला गर्दा पर्यटक आगमन बढेर ती क्षेत्रका स्थानीयवासीसमेत लाभान्वित बनाउन सकिन्छ भन्ने कुराको समीक्षा गरेर हिमाल आरोहण अनुमति दिने बताउनुभयो । उहाँले पर्वतारोहणसम्बन्धी नीतिगत समस्या समाधान गर्न सरकार तयार रहेको पनि बताउनुभयो । सरकारले विगतमा एक वर्षका लागि भ्रमण वर्ष तोकेर काम गर्ने प्रचलन अन्त्य गरी अब एक वर्षको भ्रमण वर्ष भई २०२३ देखि २०३३ सम्म नेपाल भ्रमण दशक घोषणा गरेर पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउने मन्त्री श्रेष्ठको भनाइ थियो ।

संघका अध्यक्ष निमानुरु शेर्पाले पर्यटनसँग सम्बन्धित सेवासुविधा एकद्वार प्रणालीमार्फत् लिने नीति लिनुपर्ने र साहसिक खेल हिमचुली खुला गरिनुपर्ने बताउनुभयो । उहाँले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलमा छुटै पर्वतारोही कक्षको समेत माग गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?