लगानी तथा प्रविधिमा सहयोग गर्न कोरियासँग आग्रह

Read Time = 3 mins

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालसहित महासंघका पदाधिकारी र कोरियाको माथिल्लो सदन नेसनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगन नेतृत्वमा नेपाल भ्रमणमा आएको तीनसदस्यीय प्रतिनिधिमण्डलबीच सोमबार महासंघ सचिवालयमा भेटवार्ता भएको छ । सो अवसरमा नेपाल र कोरियाबीच आपसी आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, पर्यटन पूर्वाधार, कृषि, ऊर्जा, औद्योगिक विकासमा कोरियन लगानी, प्रविधि तथा कोरियाको अनुभव आदानप्रदान, वातावरण संरक्षणलगायतका विषयमा छलफल भएको महासंघले जनाएको छ ।

महासंघका कार्यवाहक अध्यक्ष ढकालले कोरियाले गरेको आर्थिक विकासको मोडल नेपालका लागि पनि महत्वपूर्ण रहेको भन्दै दुवै देशका निजी क्षेत्रबीचको सम्बन्ध बलियो बन्न सकेमा लगानी, प्रविधि तथा अनुभवसमेत ल्याउन सहज हुने भएकाले निजी क्षेत्रबीचको सम्बन्ध विस्तारमा जोड दिनुभयो ।

कार्यवाहक अध्यक्ष ढकालले बाहृय लगानी ल्याउने कुरामा निजी क्षेत्रले सरकारलाई निरन्तर झकझक्याइरहेको र सोहीअनुसार बाहृय लगानीसँग सम्बन्धित महत्वपूर्ण ऐन कानुन संशोधनसमेत भइसकेको स्पष्ट पार्नुभयो । नेपालमा लगानी गरी ठूलो प्रतिफल लैजान सकिने बलियो सम्भाव्यता रहेकाले कोरियन लगानी विस्तारमा प्रतिनिधिमण्डलबाट ठूलो सहयोगको अपेक्षा गरेको पनि उहाँले जानकारी गराउनुभयो ।

महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति भरतराज आचार्य, महासंघका महानिर्देशक गोकर्णराज अवस्थी सहभागी भेटवार्तामा महासंघले कोरियन उत्पादनमूलक उद्योग कोरियाबाट अन्यत्र स्थानान्तरण भइरहेकाले स्वच्छ ऊर्जाको राम्रो प्रबन्ध, सस्तो श्रम र विशाल बजारसमेतका आधारमा ती उद्योग नेपालमा आकर्षित गर्नेतर्फ सहयोग गर्न आग्रह गरेको थियो ।

कोरियन प्रतिनिधिमण्डलका नेता एवं कोरियाको माथिल्लो सदन नेसनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनले कोरियाको आर्थिक विकासको अनुुभव सुुनाउँदै नेपालको आर्थिक विकासमा सहयोग गर्न कोरिया सधैँ तयार रहेको बताउनुुभयो । महासंघका सुुझाव कार्यान्वयनमा सक्दो सहयोग र समन्वय गर्ने विश्वाससमेत उहाँले दिलाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?