मेलर्बन । आईसीसी टी-२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र इंग्ल्यान्ड भिड्दै छन् ।
भारत र इंग्ल्यान्डको प्रतिस्पर्धा नेपाली समय अनुसार बिहीबार दिउँसो पौने २ बजे हुनेछ । भारत सुपर-१२ समूह ‘२’ को विजेता र इंग्ल्यान्ड समूह ‘१’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो ।
यसअघि पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान १३ वर्ष पछि फाइनलमा पुगेको छ। आजको विजेताले उपाधिका लागि पाकिस्तानसँग खेल्नेछ । फाइनल खेल आउँदो आइतबार हुनेछ ।
भारत सुपर १२ को समूह ‘बी’ को विजेता टोली हो । इंग्ल्यान्ड सुपर १२ को समूह ‘ए’ को उपविजेता टोली हो । सुपर १२ मा चार खेल जित्ने भारत एकमात्र टोली हो । भारतले पाकिस्तानलाई चार विकेट, नेदरल्यान्ड्सलाई ५६ रन, बंगलादेशलाई पाँच रन र जिम्बावेलाई ७१ रनले हराएको थियो । दक्षिण अफ्रिकासँग भने भारत पाँच विकेटले पराजित भएको थियो ।
इंग्ल्यान्डले अफगानिस्तानलाई पाँच विकेट, न्युजिल्यान्डलाई २० रन र श्रीलंकालाई ४ विकेटले हराएको थियो । अफगानिस्तानसँग बर्षाको कारण अंक बाड्दा आयरल्यान्डसँग पाँच रनले स्तब्ध भएको थियो । इंग्ल्यान्ड र भारत दुबैको टोलीमा विष्फोटक ब्याटरको बाहुल्यता छ । दुबै टोलीको ब्याटिङ प्रमुख हतियार हो ।
भारत २००७ को च्याम्पियन टोली हो भने इंग्ल्यान्ड २०१० को च्याम्पियन टोली हो । इंग्ल्यान्ड र भारतबीच टी-२० आईमा २२ खेल भएका छन् । जसमा इंग्ल्यान्ड १० र भारत १२ खेलमा विजयी भएका छन् । पछिल्ला पाँच भेटमा भारत चार खेलमा विजयी भएको छ । एजेन्सी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच