धरानको खानेपानीको दिगो व्यवस्थापनका लागि मङ्सिर ४ पछि सर्भे हुन्छ : ओली

हिमालय टाइम्स
Read Time = 5 mins

सुनसरी । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ओलीले धरानको खानेपानीको दिगो व्यवस्थापनका लागि तीनवटा अवसर रहेको बताउनु भएको छ ।

एमाले–जसपा संयुक्त कार्यकर्ता भेलालाई धरानमा आज सम्बोधन गर्दै उहाँले कोसी नदीमा पम्पिङ गर्ने, तमोरबाट लिफ्टिङ गर्ने र मेलम्ची जस्तो भूमिगत सुरुङ निर्माण गरी खानेपानीको दिगो व्यवस्थापन गर्ने बताउनु भयो। ओलीले मङ्सिर ४ पछि सर्भे सुरु गर्ने जानकारी दिनुभयो ।

“धरानको खानेपानी र विकास निर्माणका लागि राष्ट्रिय योजना, राष्ट्रिय बजेट चाहिन्छ, नेकपा एमालेको सरकार चाहिन्छ”, उहाँले भन्नुभयोे, “पम्पिङ गरेर कोसीबाट पानी ल्याएर एमालेले खुवाउँछ, तपाईंहरु ढुक्क हुनुहोस्, नगरको बजेटले सम्भावना छैन, मङ्सिर ४ पछि आयोजना सुरु गर्नेछौँ, काम सुरु गर्नेछौँ, स्थायी ढङ्गले, छेउमै कोसी बग्छ, धरान कसरी काकाकूल हुनसक्छ रु”

अध्यक्ष ओलीले एमाले विचार, सङ्गठन, आन्दोलन र बलिदानको इतिहास बोकेर आएको पार्टी भएकाले यसलाई छलछाम गरेर धोका दिएर कसैले सिध्याउँछु भन्ने ठान्यो भने त्यो सम्भव नहुने बताउनुभयो ।
उहाँले अशोक राईलाई विजयी बनाएर पठाए धरानको समग्र विकास हुने उल्लेख गर्नुभयो । उहाँलेमङ्सिर ४ पछि बन्ने एमालेको सरकारमा अशोक राई पुनःमन्त्री बन्ने सङ्केत पनि गर्नुभयो ।

सो अवसरमा सुनसरी क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार राईले एमाले कार्यकर्तालाई अनुरोध गर्दै छातामा मत हाल्नु खर्च गर्नु नभई लगानी हुने बताउनुभयो । सुनसरी–१ मा एमालेजनले अहिले लगानी गरे त्यसको प्रतिफल दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले एमाले र एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिने बताउनुएको छ ।

उहाँले पार्टी निर्णयविरुद्ध उठेर स्वतन्त्र भएकालाई एमालेका मतदाताले भोट नदिने पनि प्रस्ट पार्नुभयो । “पार्टीले अन्तमा गएर समर्थन गर्छ कि भन्ने भ्रम नपाल्नु होला”, सुनसरी क्षेत्र नं १ मा एमालेबाट बागी उम्मेदवारी दिएका उम्मेदवारप्रति लक्षित गर्दै ओलीले भन्नुभयो, “समयमा काम गरभन्दा नगर्ने, समयमा उम्मेदवार हौ भन्दा नहुने अनि दिँदाखेरि नखाने राति उठेर कोल चाट्ने रु”

दलीय व्यवस्था, लोकतन्त्र र प्रजातन्त्रका विरुद्ध षड्यन्त्रस्वरूप स्वतन्त्र अभियान चलाइएको उहाँको भनाइ थियो । उहाँले यो अभियानलाई दलीय व्यवस्थाविरोधी अभियानका रूपमा परिभाषित गर्नुभयो । ओलीले भन्नुभयोे, “यस्तो अभियानको भ्रममा पर्नुहुँदैन, अहिले साथीहरू कोही भ्रममा नपर्नु होला, नेकपा एमाले एउटा अनुशासित पार्टी हो, राजनीतिक पार्टी हो ।”

ओलीले पार्टी कार्यकर्तालाई मतपेटिकाको रक्षा गर्न र मतदातालाई मतदान शिक्षा दिन निर्देशन पनि दिनुभयो । उहाँले एमाले छाडेर अशोक राईले सम्भावना समाप्त पारे पनि एमालेसँग मिलेपछि पुनःसम्भावना सुरु भएको बताउनुभएको छ ।

एमाले–जसपा तालमेलबाट सुनसरी १ मा प्रतिनिधिसभाका उम्मेदवार बनेका राई एमालेमा हुँदा पटकपटक मन्त्री भएको उल्लेख गर्दै ओलीले एमालेसँग मिल्दा मात्रै पनि आगामी सम्भावना सुरु भएको बताउनुभयो ।

सुनसरी–१ एमाले–जसपा संयुक्त निर्वाचन परिचालन कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा एमाले स्थायी कमिटी सदस्य डा शिवमाया तुम्बाहाम्फेले समेत सम्बोधन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?