सिटी र चेल्सी पराजित हुँदा लिभरपुल लयमा फर्किँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति म्यानचेस्टर सिटी र चेल्सी पराजित भएका छन् ।

सिटी घरेलु मैदानमा ब्रेन्टफोर्डसँग २-१ ले पराजित भयो । ब्रेन्टफोर्डको जितमा इभान टोनी दुबै गोल गरे । यस अघि फिल फोडेनले सिटीका लागि बराबरी गोल गरेपनि ब्रेन्टफोर्डलाई रोक्न सकेन ।

जितसँगै ब्रेन्टफोर्डले १५ खेलमा १९ अंक जोडेर १०औं स्थानमा छ । सिटी १४ खेलमा ३२ अंक जोडेर दोस्रो स्थानमा छ ।

राति नै भएको अर्को खेलमा चेल्सी तेस्रो स्थानको न्युक्यासलसँग १-० ले पराजित भयो । न्युकासलको जितमा जोए विल्कले ६७औं मिनेटमा निर्णायक गोल गरे ।

न्युकासलले १५ खेलमा ३० अंक जोडेर तेस्रो स्थानमा छ । चेल्सी २१ अंक जोडेर आठौं स्थानमा छ ।

यता लिग अन्तर्गत शनिबार राति भएको खेलमा साउथह्याम्पटनलाई ३-१ अन्तरले पराजित गर्दै लिभरपुल लयमा फर्किएको संकेत गरेको छ ।

लिभरपुलको जितमा डार्विन नुनेजले दुई गोल गरेका थिए । रोबर्टो फिर्मिन्होले एक गोल थपे । साउथह्याम्पटनका एडम्सले एक गोल फर्काए ।

जितसँगै लिभरपुलले १४ खेलबाट २२ अंक जोड्दै छैटौ स्थानमा छ । साउथह्याम्पटन १२ अंक जोडेर १९ औं स्थानमा छ ।

राति भएका अन्य खेलमा टोटेनहमले लिड्स युनाईटेडलाई ४-३ ले हरायो । बर्नेमाउथले एभर्टनलाई ३-०, नटिङघम फरेस्टले क्रिस्टल प्यालेसलाई १-० र लेस्टरले वेस्ट ह्यामलाई २-० ले हराएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?