निर्वाचनका लागि जुम्लामा आठ सय ४८ कर्मचारी

हिमालय टाइम्स
Read Time = 2 mins

जुम्ला । आसन्न प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनका लागि जुम्लामा  आठ सय ४८ कर्मचारी खटिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका जुम्लाले  एक सय आठ मतदान केन्द्रको लागि  कर्मचारी खटाएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन कर्मचारीको सुचीअनुसार एक सय ६ वटा स्थायी र दुई वटा अस्थायी गरि आठ सय ४८ कर्मचारी खटाएको हो ।

त्यस्तै, मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार एक सय आठ जना मतदान अधिकृत र एक सय आठ जना सहायक मतदान अधिकृतसहितका कर्मचारी खटाएको हो । उनका अनुसार ९९ मतदान केन्द्रमा आठ जना कर्मचारीका दरले सात सय ९२ जना, सात वटा मतदान केन्द्रमा सात जना कर्मचारीका दरले ४९ जना र दुई वटा अस्थायी मतदान केन्द्रमा सात जना खटाएको हो ।

मृख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुई सय ५१ भन्दा तलको मतदाता भएको स्थानमा सात जना र दुई सय ५१ भन्दामाथिको मतदाता भएको स्थानमा आठ जनाका दरले कर्मचारी खटाएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार खटाएका कर्मचारीलाई तालिम दिएर, सामग्री हस्तान्तरण गरेर पठाएने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?