मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

मोरङ । आफ्नै मामा पथरी शनिश्चरे नगरपालिका-१ बस्ने ४२ वर्षीय काजी मोहराको दाउ प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले उनको भान्जालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका-८ बस्ने २२ वर्षीय सुजन पाचकोटी रहेका छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

उर्लाबारी नगरपालिका-८ स्थित कल्पना पाचकोटीको घरमा पाहुना आएका काजी मोहरालाई घरायसी वादविवादको क्रममा सुजनले दाउ प्रहार गर्दा गम्भीर घाइते भएका थिए । उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले घटनामा संलग्न सुजनलाई पक्राउ गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?