स्लोभेनियामा पहिलो महिला राष्ट्रपति

Read Time = 1 min

स्लोभेनिया । स्लोभेनियामा महिला राष्ट्रपतिका रूपमा नतासा पिर्क मुसार निर्वाचित हुनुभएको छ । उहाँ देशको पहिलो महिला राष्ट्रपतिको रूपमा निर्वाचित हुनुभएको हो ।

उहाँले पूर्वविदेशमन्त्री आन्जे लोगरलाई पराजित गर्नुभएको थियो । मुसारले करिब ५४ प्रतिशत मत प्राप्त गर्नुभएको थियो भने लोगरले ४६ प्रतिशत भन्दा बढी मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

करिब २० लाख जनसंख्यामा ४९ दशमलव नौ प्रतिशत मतदान भएको आयोगले जनाएको छ । पत्रकार तथा वकिल मुसार अमेरिकी पूर्वप्रथम महिला मेलानिया ट्रम्पसँग निकट मानिनुहुन्छ । ट्रम्प राष्ट्रपति हुँदा मेलानिया ट्रम्पको हितको रक्षा गर्न मुसारलाई वकिलको रूपमा नियुक्त गरिएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?