मेक्सिको र इक्वेडरको विश्वकप टोली घोषणा

Read Time = 5 mins

लण्डन । कतार विश्वकपका लागि मेक्सिको र इक्वेडरले आ-आफ्नो अन्तिम २६ सदस्यीय टोली घोषणा गरेका छन् । मेक्सिको विश्वकपको समूह ‘सी’मा रहेको छ । यस समूहमा विश्वकपको उपाधि दावेदार अर्जेन्टिना, साउदी अरब र पोल्याण्ड छन् । मेक्सिकोको अन्तिम टोलीको गोलरक्षकमा गिलेर्मे ओचोआ, रोडोल्फो कोटा र अल्फ्रेडो टालाभेरा, डिफेन्डरमा नेस्ट्रो अराउजो, जेसस गालार्डो, जेरार्डो अर्टेगा, हेक्टर मोरेनो, जोर्गे सान्चेज, जोहान भाज्केज, सेजार मोन्टेस र केभिन अल्भारेज रहनुभएको छ ।

यस्तै, मिडफिल्डरमा एरिक गुटिएरेज, ओर्बेलिन पेनेडा, हेक्टर हरेरा, कार्लोस रोड्रिग्वेज, आन्द्रेस ग्वाड्राडो, रोबर्टो अल्भाराडो, एड्सन अल्भारेज, लुइस चाभेज, उरीएल अन्तुना र लुइस रोमो तथा फरवार्डमा हर्भीङ लोजानो, रोजेलिओ फुनेस मोरी, हेनरी मार्टिन, राउल जिमिनेज र एलेसिस भेगा रहनुभएको छ ।

त्यस्तै, मुख्य प्रशिक्षक गुस्ताभो अलफाराले इक्वेडरको विश्वकप खेल्ने २६ सदस्यीय टोली घोषणा गर्नुभएको छ । समूह ‘ए’ मा इक्वेडरसँगै आयोजक कतार, सेनेगल र नेदरल्याण्ड्स छन् ।

इक्वेडरको गोलरक्षकमा मोइसेस रामिरेज, एलेक्सान्डर डोमिनगुएज र हर्नान गालिन्डेज तथा डिफेन्डरमा पिएरो हिनकापी, रोबर्ट अर्बोलेडा, पर्भिस एस्टुपिनान, एन्जेलो प्रेसियाडो, ज्याक्सन पोरोजो, जेभियर एरेगा, डिएगो पालासिओस, फेलिक्स टोरेस र विलियम पाचो रहनुभएको छ ।

त्यसबाहेक टोलीको मिडफिल्डमा कार्लोस ग्रुजो, जोस सिफुएन्ट, एलन फ्रान्को, मोइसेस काइसेडो, एन्जल मेना, जेरेमी सार्मिएन्टो, जेग्सन मेन्डेज, एर्टन प्रेसियाडो, गोन्जालो प्लाटा र रोमारियो इवारा तथा फरवार्डमा जोर्काइफ रेस्को, केभिन रोड्रिग्वेज, माइकल एस्ट्राडा र एनर भ्यालेन्सिया रहनुभएको छ ।

त्यसबाहेक साबिक विजेता फ्रान्सले आफ्नो अन्तिम टोलीमा फरवार्ड मार्कुस थुरामलाई थपेको छ । योसँगै फ्रान्सको टोलीले पूर्णता पाएको छ । फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सले गत साता २५ सदस्यीय टोलीको घोषणा गर्दै एक खेलाडी अर्काे साता थप्ने बताउनुभएको थियो ।

फ्रान्सको अन्तिम टोलीमा गोलरक्षक हृयुगो लोरिस, अल्फोन्स आरिओला र स्टिभ मान्डान्डा, डिफेन्डरमा लुकास हर्नान्डेज, थिओ हर्नान्डेज, प्रेस्नेल किम्पेम्बे, इब्राहिमा कोनाटे, जुल्स कुन्डे, बेन्जामिन पाभार्ड, विलियम सालिबा, दायोट उपमेकानो र राफाएल भारान रहनुभएको छ ।

यस्तै, मिडफिल्डरमा एडुआर्डो कामाभिन्गा, युसुफ फोफाना, माटियो गुएन्डोजी, एड्रिएन राबीओट, ओरेलिएन चुआमेनी र जोर्डन भेरेटु तथा फरवार्डमा करीम बेन्जेमा, किंग्सले कोमान, ओस्मान डेम्बेले, ओलिभिएर जिरुड, एन्टोइन ग्रिज्मन, किलीयन एमबाप्पे, क्रिस्टोफर एनकुन्कु र मार्कुस थुराम हुनुहुन्छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?