आइआइएनले एफडिआई भित्र्याउन पहल गर्ने

Read Time = 3 mins

काठमाडौं । इन्भेष्ट फर इन्प्याक्ट नेपाल (आइआइएन) ले नेपालमा प्रत्यक्ष विदेशी लगानी (एफडिआई) भित्र्याउन सहजीकरण गर्ने भएको छ । विश्वका विभिन्न वित्तीय तथा अन्य संस्थाले कर्जा, इक्विटी र प्राविधिक सहायतामार्फत् विदेशी लगानी प्रदान गर्ने गरेका छन् । नेपालमा यस्तो सुविधा लिने संस्थाको क्षमता कमजोर हुँदा अपेक्षाकृत कम लगानी आएपछि ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्ट(बिआइआई), डच इन्टरप्रिनरियल डेभलपमेन्ट बैंक (एफएमओ) र स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड को-अपरेसन (एसडिसी) को पहलमा एफडिआई भित्र्याउन पहल सुरु गरेको आइआइएनले जनाएको छ ।

नेपालले एफडिआई भित्र्याउन पछिल्लो समय विभिन्न प्रकारका नीतिगत सुधार गरे पनि एफडिआई प्राप्त गर्ने वा गर्न चाहने संस्थाको क्षमता कमजोर हुँदा त्यस्तो सहयोग बढ्न सकेको छैन । त्यस्तो सहायता बैंक तथा वित्तीय संस्था, स्टार्टअप र संघ संस्थाले प्राप्त गर्न सक्छन् । हाल एनएमबी बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सानिमा बैंकले विभिन्न विदेशी वित्तीय संस्थाबाट सस्तो ब्याजदरमा कर्जा लिएर नेपालमा लगानी गरिरहेका छन् । पछिल्लो समयमा नेपालमा डोल्मालगायतका फण्डले पनि लगानी गर्न थालेका छन् । त्यस्ता फण्डले लगानी गर्न पनि विभिन्न मापदण्ड तयार पार्ने गरेका छन् । आवश्यक मापदण्ड तयार पार्न पनि सहयोग गर्ने आइआइएनले रणनीति बनाएको छ ।

काठमाडौं उपत्यकामा मात्र केन्द्रित प्राइभेट इक्विटी फण्डहरूको क्षमता विकास गरी उपत्यकाबाहिर पनि लगानी गर्न सक्ने बनाउन आइआइएनले काम गर्न लागेको हो । नेपालमा सस्तो ब्याजमा कर्जा दिने, इक्विटी लगानी गर्ने वा प्राविधिक सहायता प्रदान गर्ने संस्था तथा कम्पनीहरूले वातावरणीय असर कम हुने, समुदायमा कुनै पनि प्रकारको प्रतिकूल असर नपर्ने र सुशासन अभिवृद्धि हुने प्रकारका कार्यक्रम र क्षेत्रमा मात्रै लगानी गर्ने शर्त राख्ने गरेकामा त्यस्ता शर्त र मापदण्ड कसरी पूरा गर्ने भन्ने सवालमा सहजीकरण गरिने आइआइएनले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?