११ वर्षीय असल ढकालको कथा संग्रह ‘द रेड ब्ल्यांकेट’ विमोचित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ११ वर्षीय असल ढकालद्वारा अंग्रेजीमा लेखिएको कथा संग्रह ‘द रेड ब्यालङकेट विमोचित भएको छ । कथा संग्रहलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमोचन गर्नुभएको हो । ५८औं बालदिवसका अवसरमा राष्ट्रपति भवनमा चरो नेपाल र नेपाल बाल संगठनको संयुक्त आयोजनामा भएको कार्यक्रममा उक्त कथा संग्रह विमोचन भएको थियो ।

गण्डकी बोर्डिङ स्कुल, पोखरा कक्षा ८ मा अध्ययनरत ढकालको यो कथा संग्रहमा ३७ वटा कथा रहेका छन् । संग्रहमा रहेका प्रत्येक कथा उत्तिकै सुन्दर, कौतुहल साथै शिक्षाप्रद छन् । पुस्तक बिक्रीबाट आएको रकम बालकल्याणका लागि उपयोग गरिने जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?