नुवाकोटमा बालसाहित्य महोत्सव हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

नुवाकोट । ‘किताब पढौँ, अघि बढौँ’ भन्ने नाराको साथ आगामी असोज ४ र ५ गते नुवाकोटमा बालसाहित्य महोत्सव हुनेभएको छ । नेपाल बालसाहित्य समाज, रुम टु रिड र रुडेक नेपालको संयुक्त आयोजनामा बाल साहित्य महोत्सव आयोजना हुन लागेको हो ।

बाल साहित्य महोत्सवमा बालबालिकाका रचना, बाल साहित्यका विभिन्न कृति, पठन संस्कृति, बाल साहित्यको प्रवद्र्धनलगायत कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ । दुई दिने महोत्सवमा विभिन्न सात कार्यशालासमेत सञ्चालन हुने नेपाल बालसाहित्य समाजका उपाध्यक्ष प्रमोद प्रधानले जानकारी दिनुभयो । प्रधानका अनुसार दुईवटा प्यानल बहस, पुस्तक चर्चा र बालबालिकाका लागि कथा, कविता, निबन्ध, चित्रकला, अभिनय, भित्तेपत्रिकालगायत सात विधामा विज्ञबाट सिर्जनात्मक कार्यशाला सञ्चालन हुनेछ ।

बालबालिकामा पठन संस्कृतिको विकास गराउन, पुस्तकप्रतिको अभिरुचि बढाउन, अभिभावकमा आफ्ना बालबालिकालाई बाल साहित्यका पुस्तक अध्ययन गराउन अभिप्रेरित गराउने उद्देश्यले महोत्सव सञ्चालन गर्न लागेको उपाध्यक्ष प्रधानको भनाइ थियो ।

महोत्सवमा एक दर्जनभन्दा बढी बाल सहित्यका पुस्तकको विमोचन, पुस्तक प्रदर्शनी, हिँडाइ पढाइ (रिडाथन)लगायत कार्यक्रम पनि समावेश गरिएको आयोजक समितिका संयोजक तथा रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले जानकारी दिनुभयो । महोत्सवमा मुख्यवक्ता शिक्षाविद् विद्यानाथ कोइराला रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?