म्याग्दी । बेनी नगरपालिकाको नगरप्रमुखमा नेकपा एमाले र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
नगरप्रमुखमा एमालेका सुरत केसीले सात हजार ६०३ र उपप्रमुखमा माओवादीकी ज्योति लामिछाने पौडेलले सात हजार ७३ मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो । प्रमुखमा नेपाली कांग्रेसका चिरञ्जीवी शर्माले छ हजार २३० र उपप्रमुखमा एमालेकी पशुपति शाहीले पाँच हजार ५०० मत पाएका छन् ।
बेनीको नगरप्रमुख, उपप्रमुख र पाँच वटा वडामा कांग्रेस र माओवादीले तालमेल गरेर साझा उम्मेदवार बनाएका थिए । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा २१ हजार ८४२ जना मतदाता रहेको बेनी नगरपालिकामा ६९।६४ प्रतिशत अथवा १५ हजार २११ मत खसेको थियो । १० वटा वडा रहेको बेनीको ५२ पदका लागि १५६ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
एमालेले पाँच, कांग्रेसले तीन र माओवादीले दुई वटा वडाको अध्यक्ष जितेका छन् । वडा नम्बर १ मा एमालेका टेकबहादुर थापा, दुईमा कांग्रेसका यामबहादुर कार्की, ३ मा माओवादीका पदम पुन, ४ मा माओवादीका भगवान खड्का, ५ मा एमालेका गोविन्द बानिया, ६ मा एमालेका कृष्णसिंह बानिया, ७ मा कांग्रेसका रमेश श्रेष्ठ, ८ मा एमालेका उत्तमकुमार कर्माचार्य, ९ मा कांग्रेसका चक्र केसी र १० मा एमालेका मसविर रोका वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
बेनीको नगरप्रमुखमा एमाले र उपप्रमुखमा माओवादी

Read Time = 2 mins
0 Comments
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल