मलाई स्वतन्त्र उम्मेदवारहरुको चुनौती छैन : उर्जामन्त्री भुसाल

हिमालय टाइम्स
Read Time = 3 mins

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आफूलाई स्वतन्त्र उम्मेदवारहरुको चुनौती नभएको बताउनुभएको छ ।
प्रतिनिधि सभा सदस्यका लागि ललितपुर क्षेत्र नं. ३ बाट गठबन्धनको साझा उम्मेदवार बन्नुभएकी मन्त्री भुसालले बुधवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै आफूलाई स्वतन्त्र उम्मेदवारहरुको चुनौती नभएको बताउनुभएको हो ।

उहाँले आफू जनताको आँखामा परीक्षण भइसकेको भन्दै विगतको दुई कार्यकालमा गरेका कामहरु हेरेर जनताले मत दिने बताउनु भयो । जनताले कुनैपनि काम नगरेकाहरुलाई मत नदिने उहाँले बताउनु भयो । मन्त्री भुसालले राजनीति परिवर्तनको आन्दोलनमा पसिना नबगाएकाहरुलाई जनताले मत नदिने उल्लेख गर्नुभयो ।

उहाँले देशमा दलीय राजनीति बलियो भएको बताउनु भयो । सबै राजनीतिक दलहरुको पार्टी संरचना स्थानीय तहसम्म पुगेको भन्दै उहाँले जनताले पार्टी हेरेर भोट दिने बताउनु भयो । मन्त्री भुसालले जनताले चुनाव जित्ने र सरकार बनाउने पार्टी हेरेर मत दिने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘कोही उम्मेदवारका हकमा कोही काहीँ हुनसक्छ । भोट एकातिरको काटेर सन्तुलनमा अलि तलमाथि गर्न त सक्ने हुन्छ । तर आफैँ १३८ सिट ल्याउने अनि सरकार बनाउने स्थितिमा नेपालमा चाहीँ अहिलेको अवस्थामा कोही स्वतन्त्र पुग्ने हाम्रो धरातल बनेको छैन । दलीय राजनीति हाम्रो यति बलियो छ । जनताको घरदैलोसम्म हाम्रो संरचना छ । सबै राजनीतिक दलका केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा, इकाइसम्म पनि तल संरचना भएको देशमा र पार्टी प्रणाली भएका कारणले जनताले पनि पार्टी हेरेर दिन्छन् । कुन पार्टीले जित्छ अनि कसले सरकार बनाउँछ भन्ने सम्भावना हेरेर जनताले भोट दिन्छन् ।’

उहाँले युवाहरु राजनीतिमा आउँदा विचार, चिन्तन र समग्र राष्ट्र हाँक्ने योजनासहित आउनुपर्ने बताउनु भयो । अघिल्लो पुस्ताको अनुभव र नयाँ पुस्ताको जोशले मात्रै राजनीतिले गति लिने उहाँको भनाई छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?