निम्स र युनिकलाई उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । निम्स र युनिक नेपाल एकेडेमी, भक्तपुरले आठौँ रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । निम्सले सिनियर ब्वाइज र सिनियर गल्र्स दुवैको उपाधि रक्षा गर्‍यो । युनिक जुनियर ब्वाइजमा च्याम्पियन बन्यो ।

स्युचाटारस्थित आयोजक रेडिअन्ट पब्लिक स्कुलको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा डिफेन्डिङ च्याम्पियन निम्सले जेनिथलाई ४७-३६ ले पराजित गर्‍यो । निम्सका सरोज सेती मगर र आयुशले समान ११-११ अंक जोड्नुभयो ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन निम्सले संस्कृतिलाई २०-११ ले हरायो । निम्सकी टिना लिम्बूले आठ स्कोर गर्नुभयो । जुनियर ब्वाइज फाइनलमा युनिकले ग्रिनफिल्डलाई २१-१७ ले पाखा लगायो । युनिकका सजित रिमालले सात अंक बटुल्नुभयो ।
फाइनलका सर्वाधिक स्कोरकर्तात्रय सागर, टिना र सजित आ-आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । सिनियर ब्वाइजमा विस्डम इङ्लिस एकेडेमी, सिनियर गल्र्समा जेसिस इन्टरनेसनल र जुनियर ब्वाइजमा सिर्जना ज्ञान सागर अनुशासित टिम चुनिनुभयो ।

विजेतालाई केन्द्रीय प्याब्सनका अध्यक्ष डिके ढुंगाना र उपाध्यक्ष गोपाल आचार्य, आयोजक रेडिअन्ट पब्लिकका प्रिन्सिपल सूर्यबहादुर केसी, आयोजक रेडिअन्टका को-अर्डिनेटर दिलिप कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । कात्तिक २१ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२-१२ गरी ४८ टिम सहभागी थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?