मच्छिन्द्रको प्रशिक्षकमा केसी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले किशोरकुमार केसीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । मच्छिन्द्रले सामाजिक सञ्जालबाट आइतबार केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको हो ।

यसअघिका मुख्य प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय टिमको सहायक प्रशिक्षक नियुक्त भएपछि मच्छिन्द्र प्रशिक्षकविहीन थियो । कटुवालको स्थान केसीले लिनुभएको हो । कटुवालको प्रशिक्षकत्वमा मच्छिन्द्रले लगातार पछिल्ला दुई सिजनको ‘ए’ डिभिजन लिग जितेको थियो ।

केसीले अघिल्लो सिजन जावलाखेल युथ क्लब सम्हाल्नुभएको थियो । मच्छिन्द्र जारी लिगमा ६ अंक जोडेर ११औँ स्थानमा रहेको छ । गतिलो सुरुवात नगरेको मच्छिन्द्रलाई अघि बढाउने जिम्मा आफ्नो काँधमा आएको नवनियुक्त प्रशिक्षक केसीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?