अपाङ्गमैत्री मतदानस्थल नहुदाँ जुम्लामा अपाङ्गता भएका व्यक्तिलाई सकस

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लामा कायम गरिएका मतदानस्थल र मतदान केन्द्र अपाङ्गतामैत्री नहुदाँ उनीहरुलाई सकस भएको छ । यहाँको हिमा गाउँपालिका -७ का सूर्य अधिकारी ह्वीलचियरमा आवतजावत गर्ने अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । यस्तै चन्दननाथ नगरपालिका-५ कालेखोलीका मोहन शाही र विष्णुमाया श्रेष्ठ पनि ह्वीलचियरमा आवतजावत गर्ने व्यक्ति हुनुहुन्छ । उहाँहरू जस्तै मतदाता नामावली भएका अपाङगता भएका व्यक्तिहरू धेरै छन् । तर आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि अपाङ्गमैत्री मतदान स्थल छैनन् ।

यता चन्दननाथ-७ खलाचौरका हरिचन्द्र रावल पनि ह्वीलचियर आवतजावत गर्ने अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । जुम्लामा मतदाता नामावली भएका करिब ३ हजार अपाङ्गता भएका व्यक्तिहरू छन । उनीहरूलाई मताधिकारको अधिकार छ । तर उनीहरूलाई सहज रुपमा मतदान गर्नका लागि अपाङ्गमैत्री मतदान स्थल छैनन् । अपाङ्गता भएका व्यक्तिलाई सहज रुपमा मतदान गर्नका लागि अपाङ्गमैत्री मतदानस्थल हुनुपर्ने सरकारको नीति नियम छ । निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी प्राप्त गरेका सरकारी निकायले अपाङ्गमैत्री मतदानस्थल बनाउन प्रयास नगरेको अपाङ्गता भएका व्यक्ति सूर्य अधिकारीले बताउनुभयो ।

कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्ला भौगोलिक रुपमा विकट भएपनि समथर भएका स्थानमा अपाङ्गमैत्री मतदानस्थल बनाउन सकिन्थ्यो तर राज्यका सरोकारवाला निकायको इच्छा शक्ति नभएको अपाङ्ग पुर्नस्थापना तथा विकास केन्द्र जुम्लाका अध्यक्ष रामकृष्ण न्यौपानेले बताउनुभयो ।

जिल्ला निर्वाचन कार्यालय जुम्लाका सूचना अधिकारी अभिनन्द चौलागाईका अनुसार जुम्लामा ८३ मतदानस्थल र एक सय ६ मतदान केन्द्र कायम गरिएको छ । सबै मतदानस्थल अपाङ्गमैत्री नभएको सुचना अधिकारी चौलागाईले जानकारी दिनुभयो । भौगोलिक रुपमा नै कठिन भएकाले अपाङ्गमैत्री मतदानस्थल नभएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?