मोटर स्पोर्ट्सका खेलाडीलाई नासाको सम्मान

Read Time = 3 mins

काठमाडौं । मोटर स्पोर्ट्सको अन्तर्राष्ट्रिय महासंघ (एफआइए) द्वारा आयोजित विश्व मोटर स्पोर्ट्स च्याम्पियनसिप-२०२२ मा नेपालबाट प्रतिस्पर्धा गरेका खेलाडी तथा टिम सदस्यलाई नेपाल अटोमोबाइल एसोसिएसन (नासा) ले बिहीबार काठमाडौंमा ‘एथ्लेट्स अवार्ड’ प्रदान गरेको छ ।

गत २६ अक्टोबरमा फ्रान्सको मार्सेली शहरमा सम्पन्न ओलम्पिक फम्र्याटको सो प्रतियोगितामा नेपाल पहिलोपटक सहभागी भएको हो । पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा सम्पन्न कार्यक्रममा मोटर स्पोटर््स खेलाडी अनिलकुमार बराल, दिप्रश शाक्य र जिस्वान तुलाधर तथा खेल व्यवस्थापनतर्फबाट यदुराम लामिछाने र सिर्जना बराललाई अवार्ड तथा सम्मान पत्र प्रदान गरेको हो ।

नासाका अनुसार विश्वका ९० देशका एक हजारभन्दा बढी खेलाडी उपस्थित रहेको प्रतियोगितामा नेपालबाट सहभागी खेलाडीले नेपालको झण्डा फहराउँदै मार्चपास गरेका थिए । मोटर स्पोर्ट्सका विभिन्न १७ विधामा प्रतिस्पर्धा भएको प्रतियोगितामा टोली कप्तान अनिलकुमार बराल र खेलाडी जिस्वन अटो स्लालम विधामा हुनुहुन्थ्यो भने अर्का खेलाडी दिप्रशले कार्टिङ विधामा स्पर्धी हुनुहुन्थ्यो ।

भौतिक पूर्वाधार एवं पर्याप्त प्रशिक्षण अभावका बाबजुद पनि मोटर स्पोर्ट्समार्फत् अन्तर्राष्ट्रियस्तरमा देशको प्रतिनिधित्व गरेकोमा प्रोत्साहनस्वरूप खेलाडीलाई सम्मान गरिएको नासाका अध्यक्ष दशरथ रिसालले बताउनुभयो ।

मन्त्री श्रेष्ठले मोटर स्पोर्ट्स खेल र खेलाडीको प्रशिक्षण, विकास तथा सम्वद्र्धनमा सरकारले उचित सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नासाका वरिष्ठ सल्लाहकार तथा वल्र्ड काउन्सिलका सदस्य गोविन्द भट्टराई, पत्रकार टीकाराम यात्री, एथ्लेटिक्स कमिसनका प्रमुख उपेन्द्र प्याकुरेल तथा सचिव कृष्ण पौडेलले मोटर स्पोटर््सको विकासका लागि सहकार्यमा जोड दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?