चुनावमा विप्लव नेकपा चुनौती, जिल्ला जिल्लामा अवरोध

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जारी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चुनौती बनेर देखापरेको छ । आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदानका क्रममा विभिन्न जिल्लामा विप्लव कार्यकर्ताले अवरोध गरिरहेका छन् ।

विप्लव कार्यकर्ताले चितवनको ब्रह्मस्थानमा मतपेटिका लुट्ने प्रयास गरेका छन् । अहिले त्यहाँ मतदान रोकिएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका-९ जुटविकासमा शंंकास्पद वस्तु राखेर मतदातालाई रोक्ने प्रयास गरेका छन् ।

निर्वाचनको पूर्वसन्ध्यामा नेकपा कार्यकर्ताले पूर्वी नवलपरासीको कावासोती नगरपालिका-३ नमुना सदरमुकाम नजिकै शंकास्पद बम राखेका थिए । सेनाको टोलीले डिस्पोज गरेको थियो ।

बर्दियाको गुलरिया नगरपालिका-२ स्थित शम्भुशरण मावि खैरापुरमा रहेको मतदानस्थलमा बम विस्फोट भएको छ । प्रहरीले नेकपा कार्यकर्ताले गराएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?