काठमाडौं । सोमबार बिहानैदेखि देशका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । अहिलेसम्म १५ निर्वाचन क्षेत्रमा मतगणना सुरु भइसकेको छ ।
प्रारम्भिक नतिजाअनुसार एमाले ६, कांग्रेस चार, राष्ट्रिय स्वतन्त्र पार्टी तीन, जनमत पार्टीले एक स्थानमा अग्रता हासिल गरेका छन् । तर, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीका अध्यक्षका निर्वाचन क्षेत्रमा भने मतगणना सुरु भइसकेको छैन ।
मतपेटिका संकलन कार्य जारी रहेको भन्दै डडेल्धुरामा सोमबार दिउँसो १ बजेदेखि मतगणना सुरु हुने भएको छ । डडेल्धुरामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा उम्मेदवार हुनुहुन्छ । उहाँसँग कांग्रेस बीपीका कर्ण मल्ल र स्वतन्त्र उम्मेदवार सागर ढकाल प्रतिस्पर्धामा हुनुहुन्छ ।
एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्र झापा ५ मा पनि मतगणना सुरु नै हुन सकेको छैन । सो क्षेत्रमा मतगणनाका लागि सर्वदलीय बैठकसमेत बस्न सकेको छैन । झापा ५ कांग्रेसका डा.खगेन्द्र पाण्डव अधिकारी, स्वतन्त्र उम्मेदवार युग पाठक प्रतिस्पर्धामा हुनुहुन्छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र गोरखा २ मा भने लफडा सुरु भएको छ । एमालेले धाँधली भएको भन्दै पुनः निर्वाचन गराउन उजुरी दिएकाले त्यहाँ गणना हुन नसकेको हो । गोरखा २ मा एमालेबाट अब्दुस मिया उम्मेदवार हुनुहुन्छ ।
माधवकुमार नेपालको निर्वाचन क्षेत्र रौतहट १ मा पनि मतगणना सुरु भएको छैन । दिउँसोबाट सुरु हुने गणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी छ । नेपाललाई एमाले उम्मेदवार अजय गुप्ताले टक्कर दिनुभएकाे छ ।
जसपा अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र सप्तरी २ मा भने मतगणना सुरु भएको छ । अहिलेसम्म सो क्षेत्रमा जनमत पार्टीका सीके राउतले अग्रता हासिल गर्नुभएकाे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच